नियम २६
सम्पत्ति र दायित्व यकीन गर्ने
(१) प्राधिकरणले यस परिच्छेद बमोजिम लिलामी बिक्रीको कारबाही प्रारम्भ गर्नु अघि लिलाम बिक्री गरिने दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति र दायित्व यकीन गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम सम्पत्ति यकीन गर्ने प्रयोजनको लागि नियम ११ बमोजिम निर्धारण भएको मूल्यलाई सो सेवा प्रदायकको सम्पत्ति मानिनेछ र नेपाल संरकार वा प्राधिकरणलाई तिर्नु बुझाउनु पर्ने कर, दस्तूर वा शुल्क, सेवा प्रदायकले कसैलाई तिर्न बुझाउनु पर्ने रकम र सेवा प्रदायकको सम्पत्ति धितो वा बन्धक राखी लिएको क्रण सो सेवा प्रदायकको दायित्व मानिनेछ।